इटहरीमा दशनामिकाे रक्तदान : ५३ प्रिण्ट रगत संकलन

इटहरी / नेपाल दशनामि समाज नगर कार्य समिति इटहरी र प्रदेश युवा समितिको सयुक्त आयोजमा शनिबार सुनसरीकाे इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । इटहरीस्थित बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , दशनामि समाजका प्रतिनिधि ,प्रदेश युवा समितिका सदस्यहरू तथ सामाजिक कार्यकर्ताहरूले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रमबाट ५३ प्रिण्ट रगत संकलन भएको आयोजकले जनाएको छ । दशनामि समाजका इटहरी उपमहानगर अध्यक्ष कुमार गिरीको सभापतित्वमा सम्पन्न रक्तदानमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी प्रमुख अतिथि रहेका थिए । जाडो मौसमको सुरूवात संगै बिरामिहरूलाइ अभाव देखिएको रगत पुर्ति गर्ने उद्येश्यले इटहरीमा एक दिने रक्तदान कार्यक्रमको आयोजना गरिएको दशनामि समाज नगर समितिका सचिव दिपक भारतिले बताए ।

गर्मि मौसम सकिएर जाडो याम सुरू भएसंगै प्रदेश एकको बिभिन्न जिल्लाहरूमा सञ्चालित अस्पतालमा रगत अभाव भएको समाचार बाहिरिरहदा सामाजिक संघ संस्थाहरू अहिले दैनिक जसो आ आफ्नो शहरलाइ केन्द्रित गर्दै देखिएको रगतको अभाव टार्न रक्तदान कार्यक्रमहरू गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…