भीम पौडेलले रेडक्रस हाँसपोसा उपशाखालाई निःशुल्क एम्बुलेन्स दिने

इटहरी / नेपाल रेडक्रस सोसाईटी हाँसपोसा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ । तरहराको बास्केटबल कोटमा आयोजना गरिएको २० औं बार्षिक साधरणसभा तथा रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको हो ।

कार्यक्रम उपशाखा सभापति चन्द्र कुमार गिरीको अध्यक्षता तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले रेडक्रस हाँसपोसा उपशाखालाई निःशुल्क एम्बुलेन्स दिने घोषणा समेत गरे । उनले भने, म यो संस्थाको यशेस्कर सदस्य सँगै एउटा एम्बुलेन्स निःशुल्क उपलब्त्र गराउँने घोषणा गर्दछु ।

तपाईको प्रतिक्रिया

Loading…