चुम्भोको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङमा रहेको जोरधारा वाबुन शुभसन्देश सामुदायिक चुम्भोको सातौ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम भब्य सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको छ । साधारण सभा तथा सम्मान कार्यक्रममा क्लबलाई सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानपत्रको साथमा दोसल्ला ओडाएर सम्मान गरीएको छ । कार्यक्रममा सहयोगदाता नरसिं लिम्बु,टिका लिम्बु,मनकुमारी लिम्बु र डिकबहादुर लिम्बुका प्रतिनिधी दिपा लिम्बुलाई सम्मान गरिएको थियो ।

सम्मानीत दाताहरुलाई चुम्भोका अध्यक्ष हेमप्रसाद लिम्बु सचिव श्यामबहादुर लिम्बु र जोरधारा टोल बिकास समितीका अध्यक्ष तथा बिशेष अतिथी झमक बहादुर लिम्बुले सम्मान गर्नु भएको थियो । कार्यक्रम छङथर गाउँपालिका २ नम्बर वडाध्यक्ष कुलबहादुर कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अबसरमा चुम्भोको प्रगतीप्रतिबेदन अध्यक्ष हेमप्रसाद लिम्बु र लेखाप्रतिबेदन सचिव श्यामबहादुर लिम्बले १ लाख ५३ हजार बराबारको आयब्याय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका चुम्भोका सहसचिव नराहाङ लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो । सल्लाहार संयोजक ऐतराज लिम्बु,पत्रकार प्रकाश पाक्साँवा,टोल बिकास समिती अध्यक्ष तथा बिशेष अतिथी झमक लिम्बु र प्रमुख अतिथी वडाध्यक्ष कुलबहादुर कार्कीले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोही अबसरमा कालाकारहरुलाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरीएको थियो । २०७० सालमा साना नानीहरुले देउसी खेलेर संकलन गरेको रकमलाई संकलन गरी स्थापना भएको बालक्लबले बिकाशीत रुप लिँदै सामुदायिक चुम्भो रुपमा पहिचान बनाउन सफल भएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

एकल महिलाहरूलाई स्वीटर प्रदान

छथरमा गर्भवती तथा सुत्केरीहरूलाई राहत प्रदान

चाङलुङ गुफालाई सहयोग जुट्दै चन्द्रमायाले मात्रै परिवारको नामको १ लाख सहयोग गरिन ।

चुम्भोको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

तपाईको प्रतिक्रिया

mgid

Loading…