थाकस सुन्सरी द्वारा रक्तदान कार्यक्रम समपन्न

इटहरी / सुन्सरीको बलाहा थारु टोलमा आज रक्तदान कार्यक्रम समपन्न भएकाे्र छ । थारु कल्याणकारिणी सभा इनरुवा नगरकमिटी सुन्सरीले आयोजना गरेकाे साे रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सुन्सरीकाे स्वास्थ्यकर्मी हरूले ४६ प्रिन्ट रगत संकलन गरेका थए । संकलित रगत रेडक्रस लाइ हस्तान्तरण गरिएकाे थियाे । रक्तदान गर्ने सबैलाइ फलफुल खुवाइनुका साथै माँया स्वरूप थाकसकाे टि-सर्ट समेत प्रदान गरिएकाे थियाे ।

कार्यक्रम थारु कल्याणकारीणि सभा इनरुवा नगरकमिटी सुन्सरीका अध्यक्ष रोहित कुमार चौधरीको सभापतित्वमा रक्तदान कार्यक्रम समपन्न भएको थियो भने कार्यक्रम को प्रमुखअतिथी इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता रहनु भएकाे थियाे । विशिष्ट अतिथी इनरुवा ५ का वडाध्यक्ष अनजनी कुमार पोख्रेल ज्यु ,अतिथी हरु थारु कल्याणकारीअनि सभा जिल्ला सदस्य मोहिनारायण चौधरी ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य एस.मेहता ज्यु ,पत्रकार मकालु टेलिभिजन का प्रस्तोता अमर काफ्ले ज्यु ,बलाहा साप्ताहि पत्रकार लक्ष्मी दङगाल ज्यु ,आदिवासी जनजाति महासंघ इनरुवा नगरकमिटि अध्यक्ष दुलिचन्द चौधरी लगायत को उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । थाेरै रगतकाे कमिले कसैले पनि ज्यान गुमाउन नपाराेस भनि रक्तदान कार्यक्रमकाे आयोजना गरिएकाे चाैधरीले बताउनु भयाे । सथै आगामी दिनहरूमा टाेल सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम गर्ने याेजना रहेकाे उहाँले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया

mgid

Loading…