बेलबारीमा स्वास्थ्य विमा कार्यक्रम लागु

बेलबारी / मोरङको बेलबारी नगरपालिकामा मंगलबार देखि स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो कार्यक्रम शुभारम्भ गरेका हुन् ।

मेयर सवेदीले समेत शुभारम्भमै स्वास्थ्य विमालेख फारम भरेका छन् । शुभारम्भ गर्दै मेयर सुवेदीले स्वास्थ्य विमा कार्यक्रमले गरिव तथा असाहय परिवारलाई सहयोग पुग्ने बताए । उनले विमा गर्न समेत सवैलाई आग्रह गरेका छन ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ भने ५ भन्दा वढि १० जना सम्मले प्रति ब्याक्ति ७ सय बुझाउनु पर्ने उल्लेख गरिएको छ । एकै परिवारका १० जना भन्दा वढि सदस्य भए अन्य थप शुल्क लाग्ने छैन् ।

प्रत्तेक वडामा एक एक जना दर्ता सहयोगी रहेको नगरपालिका स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विमितले मसिर १ गते देखी सेवा पाउने संयोजक विश्वकर्माले बताए । विमित हुुनेले प्राथमिक स्वास्थ्य केन्द्र बाहुनी तथा पुर्वाञ्चल विश्व बिद्यालय शिक्षण अस्पताल वाट प्रथम सेवा पाउने छन् उनले भने त्यहाँ उपचार हुन नसके कोशी अञ्चल अस्पताल,हाम्रो अस्पताल, नावेल मेडिकल कलेज, विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान सुनसरी वाट सेवा लिन सकिन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्नेकुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…