१ लाख १ सय १ रुपैयामा कलम बिक्री

राजविराज / कलमजिवीका रुपमा स्थापित कायस्थ समुदायको साझा संस्था चित्रगुप्त पुजा समितिद्वारा भगवान चित्रगुप्तको हातमा राखिएको कलम १ लाख १ सय १ रुपैयामा विक्री भएको छ । समितिद्वारा एक कार्यक्रमको आयोजना गरी डाक बढाबद गर्दै कलम विक्रीका लागी राखिएकोमा राजविराज नगरपाकिला ८ निवासी रेखा देवी कर्णले १ लाख १ सय १ रुपैया डाक कबोल गरेर उक्त कलम लिलामीमा साकारेकी हुन ।

हरेक वर्ष भगवान चित्रगुप्त पुजाको अवसर पारेर कायस्थ समाजले आफना वंश पिता भगवान चित्रगुप्तको हातमा रहेको कलम समिति मार्फत यसै गरी लिलामी गर्ने परम्परा रहेको छ । विगत ४० वर्ष देखि यसरी भगवान चित्रगुप्तको हातमा राखिएको कलम डाक बढाबद गरी समितिले विक्री गर्दै आएको छ । कलम विक्रीबाट प्राप्त रकम समाज र समुदायकै हितमा खर्चिने गरिएको चित्रगुप्त पुजा समिति सप्तरीका अध्यक्ष अशोक कर्णको भनाई छ । सृष्टिकर्ता ब्रहमाको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने उक्त समुदायले विगत ४० वर्ष देखि यस परम्परालाई मान्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…