हाम्रो उज्यालो समाज राष्ट्रिय कार्यक्रमको कार्यलय उद्घाटन

इटहरी / सुनसरीको इटहरीमा “हाम्रो उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपाल” को कार्यलय सुरुवात गरिएको छ । मानवता अनुशासन र इमान्दारिताले समाज र देशको मुहार फेर्ने उद्धेश्यले देश र समाजको विकासको लागि हामीले केही गर्नु पर्छ भन्ने भावनाले इटहरीका समाजसेवी डिल्लीराम श्रेष्ठ मकाजुले उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपाल नामक अभियान सञ्चालनमा ल्याएका हुन ।

केही महिना देखि अभियान सञ्चालन गर्दै आएका मकाजुले एक कार्यक्रमका विच उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपालको इटहरी ६ मा कार्यालयको बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा दिदीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिन् ।

 

राजनिती गर्नेहरु इमान्दार नबन्दा सम्भावाना धेरै भएपनि उचित व्यवस्थापन र मुल्यांकन गर्न नसक्दा विकास निर्माणका कामहरु तथा युवाहरु समेत बेरोजगार भईरहेको तर्फ मध्यनजर गर्दै देश विकासका लागि सातै प्रदेशमा अभियान थालिने कार्यालय उद्घाटनका क्रममा अभियान्ता मकाजुले वताए । कार्यक्रममा नेवा पुच इटहरीका अध्यक्ष विनोद चोच्छे, विन्द्रा श्रेष्ठ, मिनल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

mgid

Loading…