स्कुटर दुर्घटनामा गम्भीर घाइते प्रियाको उपचारको क्रममा मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार एक युवतीको मृत्यु भएको छ । राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय युवती प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको छ ।

यस्तै घाइते हुनेमा भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए । उनी सामान्य उपचार पछि घर फर्किएका छन् ।मृतक युवती गाईघाटको प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को बोर्ड परीक्षामा सामेल हुन आईरहेको अवस्थामा कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया

mgid

Loading…