सुन्दरहरैंचामा १ सय ५ जानाले गरे रक्तदान

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित इन्द्रपुर सहकारी भवन अगाडी मंगलबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवनदान हाे भन्ने मुख्य भनाइका साथमा गरिएको कार्यक्रममा १ सय ५ प्रिन्ट रगत संकलन भएको थियाे । उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका तथा सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ सहयाेगी संस्था रहेका थिए ।

आयोजकको रुपमा नगर भित्र रहेका क्रियाशिल सङ्घ संस्था सगरमाथा युथ क्लब, सुन्दरहरैंचा पत्रकार समूह, नेपाल मुस्लिम युवा समूह, झरना यूथ क्लब, नव सृजना युवा क्लब, ज्योति युवा क्लब तथा सरस्वती स्पोर्टिङ क्लब रहेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक रुपमा सहयोग नेपाल रेडक्रस साेसाइटी शाखा सुनसरीले गरेको थियो ।

उत्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल रहेका थिए । नगरप्रमुख ढकालले उक्त कार्यक्रमको वृक्षारोपण गरेर शुभारम्भ गरे । उनले कार्यक्रमलाई सम्बाेधन गर्दे रक्तदान हुनु अत्यन्त महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गरे । नगर प्रमुख ढकालले यस्ता किसिमका सकारात्मक तथा महत्त्वपूर्ण कार्यक्रमले समाजमा पहिलो प्राथमिकता पाउँनु पर्ने तथा राम्रो मुल्यांकन समेत हुनुपर्ने धारण राखेका थिए ।
रक्तदान कार्यक्रममा सगरमाथा यूथ क्लबलाई योगदान पुर्याउने स्व. पुण्यप्रसाद गजुरेल (रोशन) तथा सविन राईको सम्झना गरिएको थियो । रक्तदान कार्यक्रमको संयोजक राजु बस्नेत तथा कार्यक्रम सञ्चालनमा सगरमाथा युथ क्लबका सचिब रमेश खतिवडाद्वारा भएको थियाे । कार्यक्रमको सभापतित्वमा सगरमाथाका अध्यक्ष रोशन कट्टेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…