सुन्दरहरैंचामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सम्पन्न

मणिराम दाहाल

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बाल प्रतिभा माध्यामिक विद्यालय खाेर्साने ५ स्वर्ण , ३ रजत र १ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

इन्द्रपुर रंगशालामा भएको प्रतियाेगितामा जनता माध्यमिक विद्यालय पचाम ५ गाेल्ड ,१ रजत र २ कास्य पदक सहित दाेस्रो स्थान हासिल गर्न सफल भएको छ । तेसै गरि सिद्वार्थ सेकेन्डरी स्कूल खार्साने ४ गाेल्ड , ७ सिल्भर तथा ७ काश्य पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाकाे आयाेजनामा प्रतियाेगिता भएको थियाे । प्रतियाेगिताकाे आयाेजक विद्यालयमा ब्राइट फ्यूचर माध्यामिक विद्यालय सलकपुर रहेको थियाे। प्रतियाेगितामा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।

नगर भरिका २२ वटा निजि तथा सामुदायिक विद्यालयकाे प्रतियाेगितामा सहभागिता रहेको थियाे । प्रतियाेगितामा ५ सय ६ जाना खेलाडीहरुकाे सहभागिता रहेको थियाे । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा लङजम्प, त्रिपलजम्प , हाइजम्प , सट तथा लङ दाैड , भलिबल , कबडी , ज्याबलिङ , सटपुट लगायतका खेलकुद छात्रछात्राकाे सहभागितामा दुई दिन सम्म भएको प्याब्सन माेरङका जिल्ला अध्यक्ष अर्जुन वस्नेतले जानकारी दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचामा करेन्ट लागेर निधन भए पछि नाबालक सहित घिमिरे परिवारको विजोक

विविध सुविधा र छुटकाे साथमा ग्राहककाे जमघट बन्दै तिलहरी डिपार्टमेन्ट तथा सिर्जना क्याफे

सुन्दरहरैंचामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सम्पन्न

सुन्दरहरैंचा पत्रकार समुहद्वारा शैक्षिक सामग्री वितरण

पियू शिक्षण अस्पतालमा २४ घण्टा बिरामीलाई आकस्मिक सेवा दिनुपर्ने स्थानीयकाे माग

सिचाइका लागि पानी तान्ने माेटर अनुदानमा पाउँदा कृषकहरु हर्षित

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ विशुद्ध व्यापार व्यावसायीहरुकाे हक हितका लागि हुनु पर्दछ

खाेर्सानेमा  डिपार्टमेन्ट स्टाेर तथा क्याफे संचालनमा

विराट भ्याट्रन क्लबकाे उपाधी झापालाई

इन्द्रपुर जुनियर जेसिजमा प्राञ्जल

तपाईको प्रतिक्रिया

mgid

Loading…