सुन्दरहरैंचाकाे आर्थिक वर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण


मोरङ / मोरङ सुन्दरहरैंचा नगरपालिकाकाे चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७६ /७७ काे बजेट नीति तथा कार्यक्रम अन्तर्गत १ अर्ब ८ करोड ७७ लाख ८० हजारकाे बजेट सार्वजनिकीकरण गरिएको छ ।

चौथो नगरसभाले नगर बिकासका उपयोगि योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । बजेत तथा नीति कार्यक्रम अन्तर्गत यो बर्ष केन्द्रिय सरकारले ६८ करोड २३ लाख बराबरकाे बजेट प्रदान गरेको छ भने सामाजिक सुरक्षा तर्फ १८ करोड रकम बिनियोजन भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथीमा सम्पन्न कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको घोषणा समेत गरिएको थियो ।

नगर प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न

कार्यक्रममा ढकालले यसै बर्ष देखि घर नक्सा सम्बन्धी सेवा लिन अाउने सेवाग्राही हरूलाई मध्यनजर गर्दै डिजिटलाक्इजेसन गरिएकाे बताए । उनले सुन्दरहरैंचा नगरपालिकामा अविलम्ब रात्रिकालिन बजार लाग्ने ब्यवस्था मिलाइने जानकारी दिए । नगर प्रमुख ढकालले चौथो नगरसभाबाटै नगर प्रमुख उज्यालो सुन्दरहरैंचा कार्यक्रम अघि सारेकाे हुंदा यस कार्य अन्तर्गत नगरका ग्रामिण क्षेत्र जहा बिजुली बत्तिको सेवा पुगेको छैन सो स्थानहरूमा अविलम्ब बिद्युत सेवा पुर्याइने बताए । उनले नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रकाे प्रबर्द्वनका लागि उपयोगी कदमहरू चाल्ने जनाउँदै नगरकाे वडा नं. ५ मा अवस्थित नयाँ बृन्दावन गाैसालालाई नेपालकै एेतिहासिक तथा नमुना धार्मिक पर्यटकिय स्थलको रूपमा बिकास गरिने जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङले पारित भएका बजेटले नागरिकको भावना अनुसार काम गर्ने

बताइन । उनले यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धी नीति ल्याइने जनाउँदै उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथा ठुला विकासका योजनाहरूलाई बिशेष प्राथमिकतामा राखि बजेट उपलब्ध गराउने जानकारी दिईन । कार्यक्रममा सुन्दरदुलारी उवासका अध्यक्ष किशोरकुमार कार्की ,काेसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाइ , नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल , जनप्रतिनिधि , वडाध्यक्षहरू साथै बिभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजसेवी , शिक्षक ,लगायतकाे ब्यापक सहभागिता रहेको थियो । वाड नं.४ मा रहेको सिग्देल बन्धु प्रतिष्ठानकाे सभाहलमा सम्पन्न भएको कार्यक्रम सुन्दरहरैंचा नपाका कर्मचारी निरज न्यौपानेले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading…

Loading…