सामाजिक सुरक्षा कोष विरुद्ध बैकका कर्मचारीद्वारा विराटचोकमा प्रर्दशन

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा विराटचोकमा अवस्थित बैंक तथा वित्तीय सँस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको बिरोधमा मंगलबार बिहान सांकेतिक प्रदर्शन गरेका छन् ।

सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध देशव्यापी रुपमा बैक तथा वित्तीय संस्थाका कर्मचारीहरुले शुरु गरेको आन्दोलनमा विराटचोकका बैंक तथा वित्तीय सँस्थाहरुले पनि ऐक्यद्धता जनाएका हुन् ।

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै शुरु गरेको आन्दोलनमा ऐक्यद्धता जनाएका हुन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि देशभरिका बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि बिरोधको कार्यक्रम गरेका छन् । यसै क्रममा बिराटचोकमा अवस्थित सिद्धार्थ बैंक, माछापुच्छे बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, एभरेष्ट बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डौं, प्राईम बैंक लगायत बैंकका कर्मचारीहरुले विरोध व्यानर राखेर सांकेतिक रुपमा कालो ब्यानर र हातमा कालो पट्टि सहित बिरोधमा उत्रिएका छन् ।

अषाढ २७ देखि ३० गते सम्मका लागि सबै बैंक तथा वित्तीय संस्थाहरुमा हरेक दिन विहान १० बजेदेखि १०:१५ सम्म संघको ब्यानरमा कोषसँग असहमति किन भनेर ब्यानर प्रदर्शन र बैंक कर्मचारीहरुले हातमा कालोपट्टि बाधेर समेत विरोध प्रदर्शन गर्ने नेपाल वित्तीय क्षेत्र कर्मचारी संघ (फियन)ले जनाई सकेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन, कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था, पेन्सन सुरू भएपछि योगदानकर्ताको मृत्यु भएमा उसको पति वा पत्नीको जागिर वा पेन्सन लिइरहेको अवस्थामा पेन्सन नपाउने, तर सरकारी कर्मचारीलाई उसले दिने पेन्सन लिन भने बाधा नपुग्ने, आबद्ध भएको तीन वर्षपछि मात्रै ८० प्रतिशत रकम सापटी लिन पाउने, कोषले दिने पेन्सन प्रचलित ब्याजभन्दा कम हुने र साँवा गुम्ने अवस्था जस्ता बुँदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन् । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने फियनले जनाईसकेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सामाजिक सुरक्षा कोष विरुद्ध बैकका कर्मचारीद्वारा विराटचोकमा प्रर्दशन

सुन्दरहरैंचा नपाकाे आठाैं नगरसभाबाट २ अर्ब १५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत , यस्ता छन् आठौँ नगरसभाबाट स्वीकृत मुख्य योजना तथा कार्यक्रमहरु

सुन्दरहरैंचामा ६५ घर परिवारका लागि राहत समाग्री हस्तान्तरण

सुन्दरहरैंचामा करेन्ट लागेर निधन भए पछि नाबालक सहित घिमिरे परिवारको विजोक

विविध सुविधा र छुटकाे साथमा ग्राहककाे जमघट बन्दै तिलहरी डिपार्टमेन्ट तथा सिर्जना क्याफे

सुन्दरहरैंचामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सम्पन्न

सुन्दरहरैंचा पत्रकार समुहद्वारा शैक्षिक सामग्री वितरण

पियू शिक्षण अस्पतालमा २४ घण्टा बिरामीलाई आकस्मिक सेवा दिनुपर्ने स्थानीयकाे माग

सिचाइका लागि पानी तान्ने माेटर अनुदानमा पाउँदा कृषकहरु हर्षित

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ विशुद्ध व्यापार व्यावसायीहरुकाे हक हितका लागि हुनु पर्दछ

तपाईको प्रतिक्रिया

mgid

Loading…