विराटनगरका मेयर पराजुलीले कोरोना कोषलाई दिए बर्षभरिको तलब सुविधा

मोरङ / विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले कोराना कोषलाई एक बर्षभरिको तलब सुबिधा ४ लाख ९० हजार रुपैया दिएका छन ।विराटनगर महानगरपालिकामा बसेको कार्यकारणी बैठकले स्थापना गरेको कोराना कोषलाई मेयर पराजुलीले एक बर्षको तलब र सुबिधा प्रदान गरेका हुन । बर्ष भरिको तलब सुविधा कुल ५ लाख ४० हजार रुपैया मध्ये ५० हजार पहिले नै सिकिस्त विरामी विराटनगरकी उत्तरा चटर्जीलाई प्रदान गरेको मेयर पराजुलीले पूर्वेली न्यूजसँगको कुराकानीमा बताए ।


शिक्षा क्षेत्रको हित र विकासका लागि पहिलो बर्षको तलब सुबिधा सरकारी विद्यालय अन्तर्गत विराटनगर १ स्थित सयपत्री तथा दोस्रो बर्षको विराटनगर १९ स्थित जागृति अधारभुत विद्यालयलाई मेयर पराजुलीले प्रदान गरेका थिए । विराटनगर महानगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि एक अर्ब बरावराको कोरोना राहत कोष खडा गर्ने निर्णय समेत गरिएको छ । उक्त्त कोषमा महानगरका सबै जनप्रतीनिघि हरुले एक महिनाको तलव, सेवा र सुविघा वापतको रकम समेत प्रदान गरेका छन ।

भीम पराजुली, विराटनगर महानगरपालिका , प्रमुख

विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका विपन्न तथा असाय परिवारले देश लगडाउनकाे संकटमा रहेकाे बेला महानगरपालिकाबाट खाद्यान्न स्वरुपकाे राहत सामग्री समेत पाउने भएका छन् । यसका लागि आगामी केही दिन भित्रमै राहत बाढ्ने तयारी भइरहेको बताइएको छ । विराटनगर महानगरपालिकाले सवै वडामा विपन्न परिवारको पहिचान सहितको डाटा निकालेको छ । महानगरपालिकाले बनाएको विपत् राहत कोष बाट १९ वटै वडामा समान ढंगले राहत वितरणको प्रबन्ध मिलाउन आबश्यक तयारी भइरहेको तथा अहिले गरिवहरुलाई लक्षित गरेर खाना खुवाउँने व्यवस्था गरिएको मेयर पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…