विपि अध्ययन प्रतिष्ठानद्धारा विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

इटहरी / सुनसरीको इटहरीमा रहेकाे जनता माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । विपि अध्ययन प्रतिष्ठान नेपाल इटहरीले ४५ औँ मेलमीलाप दिवसको अवसरमा स्यानिटाइजर, माक्स लगातका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहन माक्स र सेनिटाइजरको प्रयोग अनिवार्य रहेकाले विद्यार्थीहरुलाई बितरण गरिएकाे हस्तान्तरण कार्यक्रमका संयोजक राम निरौलाले जानकारी दिए ।

लामो समय बन्द रहेका बिद्यालयमा जोखिमकै बिचमा स्वास्थ्य मापढण्ड पालना गर्दै सञ्चालनमा आएका छन् । याे अवस्थामा विद्यार्थीकाे स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री प्रयोग गर्न जनचेतना जगाउर्दै हस्तान्तरण गरिएको निरौलाले बताए ।

सामाजिक कार्यमा साथै आम सर्वसाधरणको घर घरमा पुगेर सहयोग गरिरहेकाे विपि अध्ययन प्रतिष्ठान नेपाल इटहरीका अध्यक्ष बिवश सर्माले बताएका छन् । हस्तान्तरण कार्यक्रममा उपस्थित नेपाली काँग्रेस इटहरी नगर सचिव बिजय केसिले आवश्यक स्वास्थ्य सबधानी सहित शिक्षालाई अग्रसर बनाउर्दै लैजाने कुरामा सधै सहयाेग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…