वडा अध्यक्ष तुम्बापोको भयाे अन्तेष्टी (तस्विरहरू सहित)

पाँचथर / निधन भएका पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलाराज तुम्बापोको आज अन्तेष्टी गरिएको छ । शुक्रबार निधन भएका तुम्बापाको शनिबार फिदिम ५ चोकमागु स्थित डुम्रिबोटेमा अन्तेष्टी गरिएको हो । फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङ,उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले तुम्बापाको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।

यस्तै नगर प्रहरीले सलामी दिएको थियो । ३२ वर्षिय तुम्बापो ब्लड क्यान्सर भई झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतलामा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । उनका २ छोरी छन् । तुम्बापो तत्कालिन एमालेको तर्फबाट ०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…