लेटाङका स्वास्थ्यकर्मी सिंहको निधन,बिदाईमा उर्लियो जनसागर

लेटाङ । मोरङको लेटाङमा लामो समय देखि स्वास्थ्यकर्मिको रुपमा आफ्नो छवि बनाएका रामबिनोद सिंहको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सरबाट पिडित सिंहको मंगलबार बेलुका ८ बजे आफ्नै निवास लेटाङमा निधन भएको हो । करीब ९ महिना देखि क्यान्सरको उपचारमा रहेका सिंहको ७१ बर्षको उमेरमा निधन भएको हो । २०२९ सालमा बिरगंजबाट बसाइसरी लेटाङमा आइ स्थायी बसोबास गर्दै आएका सिंह पतन्जली योग समिती लेटाङका संस्थापक अध्यक्ष हुन ।

अहेवको पढाइ गरेका सिंहले लामो समयदेखि लेटाङमा मेडिकल संचालन गर्दै आएका थिए भने उनका श्रीमती आयुर्वेदिक क्षेत्रको स्वास्थ्य सेवामा कार्यरत छिन र एक छोरा एमबिबिएस डाक्टर छन् । स्व. सिहलाई लेटाङ नगर परिक्रमा गराई आज बिहान स्थानिय चिसाङ खोलामा दाहसंस्कार गरिएको छ ।उनको अन्तिम संस्कारमा हजारौको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

mgid

Loading…