लायन्सले माया घरमा शौचालय निर्माण गर्ने

इटहरी । समाजसेवी धरान निवासी सम्राट श्रेष्ठको संयोजनामा लाइन्स क्लब अफ पञ्चकन्याको सहकार्य र फिगोज टिमको आर्थिक सहयोगमा माया घर नेपाल इटहरीमा शौचालय निर्माण गरिने भएको हो ।

शौचालय तथा स्थान घरको एक कार्यक्रमका बीच बुधबार लाइन्स रेवतबहादुर कार्की तथा लाइन्स क्लब अफ पञ्चकन्याका अध्यक्ष सरिता राई र संयोजन सम्राट श्रेष्ठले शिलान्या गरे । हङकङ निवासी समी विलक र माथे डेभिड विलकले सञ्चालन गर्दै आएको फिगोज रेष्टुरेन्टको तर्फबाट शौचायल तथा स्नानघरको लागि आर्थिक सहयोग जुटाएको संयोजक सम्राट श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार २ ला ३४ हजार रुपैयाँमा दुई साता भित्रमा शौचालय तथा स्थान घर निर्माण गरी माया भर नेपाललाई हस्तान्तरण गरिने छ ।

माया घर नेपालकी अध्यक्ष राधिका दासीले सो अवसरमा माया घरको अवस्थाका बारेमा जानकारी गराइकी थिइन् भने लाइन्स क्लब अफ पञ्चकन्याकी सचिव एकता श्रेष्ठले संस्थाका गतिविधी बारे जानकारी गराएकी थिएन् ।

कार्यक्रममा लाइन्स धिरज गुरुङ, होप धरानका अध्यय निस्चल पलिखे सहित लाइन्स क्लव अफ पञ्चकन्या तथा अन्य ब्लवका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । मानसिक रोगी तथा हिंसा पिडितहरुको उद्धार तथा संरक्षण गर्दै आएको माया घर नेपाल इटहरीमा हाल ५६ जनाले आश्रय लिरहेका छन् । धरान उपमहानगरपालिका तथा माया घर नेपालले धरानको लाङ्घाली सामुदायिक वनमा सडक मानव व्यवस्थापन गर्दै आएको संस्थाकी सचिव शुभद्रा प्याकुरेल सुवेदीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…