राजनीति होस त यस्तो,बेलबारीका राजकुमार लिम्बुद्धारा केन्दीय सदस्य पद नै अस्वीकार

बेलबारी / पदका लागि राजनीति गर्ने र मौका पर्दा केही पनि नछोडने कुसंस्कार बोकेकाहरुलाई नेपाली काँग्रेस बेलबारीका जिल्ला सदस्य राजकुमार लिम्बुले केन्द्रिय सदस्यको पद अस्वीकार गरेर गतिलो पाठ सिकाएका छन ।

नेपाली काँग्रेस पार्टीले सोमबार गठन गरेको बिभाग अन्र्तगत नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पदमा लिम्बुलाई मनोनित गरेको थियो । लिम्बुले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत आफनै आधिकारीक फेसबुक पेजबाट देश कोरोना सँग जुधिरहेको र यस्तो बिषय परिस्थितिमा पद भन्दा पनि आफनो नागरिकहरुको सुरक्षा ठुलो बिषय भएको भन्दै पद लिन अस्वीकार गरेको जनाएका छन ।

उनले भनेका छन,हामी नागरिक नै नरहे के को पद, अनि के को राजनीति, तसर्थ यस्तो बेला सबैले नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ । राज्य र सम्बन्धित पक्ष गम्भिर बन्नुपर्छ । लिम्बु गत स्थानीय निर्बाचनमा बेलबारी नगरपालिकाको मेयरका प्रत्यासी रहेका थिए । झिनो मतका साथ पराजित लिम्बु बिगत १२ बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क प्राध्यापन समेत गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…