रहेनन मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

कैलाली / कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उहाँको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उहाँका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए ।

उनी नेकपा (एमाले )को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…