मोरङको लेटाङमा कृषी मेला

लेटाङ / मोरङको लेटाङ नगरपालिकाले नगर भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले एक दिने कृषि मेला प्रदर्शनी गरेको छ । ब्यवसायिक कृषि उत्पादन गरिरहेका ४५ कृषकहरुले ८५ कृषिबाली प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा ब्यवसायिक किसानहरुले तरकारी, फलफूल, अन्नबाली, नगदेबाली, मह, खरायो र फलफुलका विरुवा लगायतका कृषिबाली राखेका थिए ।

नगरले कृषी मेला प्रदर्शनी राखेर प्रचार प्रसार गर्दै किसानलाई हौसला प्रदान गरेको दाबी गरेको छ । यता कृषकहरुले उत्पादन गरेको कृषिबालीको बजारीकरणमा नगरले सहयोग गरे उत्पादनले उचित मुल्य पाउने गुनासो गरेका छन ।

नगरपालिका परिसरमा भएको प्रदर्शनीमा ६ विधामा उत्कृष्ठ छनौट गरी पुरस्कृत समेत गरिएको छ । अन्नबाली, तरकारी बाली, नगदे वाली, औद्योगिक बाली, फलफुल बाली र दलहन बालीमा पुरस्कृत सबै किसानलाई नगरपालिकाका प्रमुख शङ्कर राई, उप प्रमुख कृष्णकुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल लगायतले पुरस्कृत गरेका थिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…