मोरङको उर्लाबारीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका – ४ किशान चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार दिउँसो बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४३१९ नम्बरको बोलेरोले सोही दिशाहुँदै टाँडीतर्फ जान खोजेको को १७ प १०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार विराटनगर – ३ बस्ने ४० वर्षीय धनबहादुर अधिकारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका अधिकारीको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक सोही ठाउँका ४३ वर्षीय कुमार गेलालको सोही हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…