मृगाैलियामा ३५ पिन्ट रगत संकलन, ब्रत बसेकाे महिलाले समेत गरिन् रक्तदान

अाज हरिबोधनी एकादशीको अवसरमा सुन्दरहरैंचा नगरपालिका -२ को मृगौलिया स्वास्थ्य चौकीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रगति महिला समाजकाे मुख्य अायाेजना तथा नेपाल रेडक्रस साेसाइटीकाे प्रावििधिक सहयाेगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । विहान ८ बजे देखि सुरू भएकाे रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रमेश जंग रायमाझी रहेका थिए भने विभिन्न संघ-संस्थाका तथा क्लवका प्रतििनिधि, समाजसेवी, बुद्धिजिवि तथा स्थानिय युवाहरूले साथै एक जना ब्रत बसेकाे महिलले समेत कार्यक्रममा रक्तदान गरेकी थिइन् ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि रायमाझीले भने रक्तदान गर्न डाराउनृ पर्दैन, थाेरै रगत दिँदैमा यसले स्वास्थ्यमा कुनै हानी गर्दैन बरू त्याे रगतले कसैकाे अमुल्य जीवन जाेगाउन सहयाेग पुग्छ तसर्थ रक्तदान गर्न सँधै सबै अग्रसर सहनुपर्छ । अाफ्नाे हितकाे लागि त पशुले पनि काम गर्छ सच्चा मानिसकाे धर्म त त्याे हाे जसले अरूकाे अरूकाे सहयाेग गर्छ । कार्यक्रमका प्रमुख अतिथि रायमाझीले अाफुले समेत ३४ पटक सम्म रक्तदान गरेकाे बताउदै रक्तदान गर्नेहरकाे हाैसला बढाएका थिए ।

रगत चाहिएको बेलामा उपलब्ध हुन नसक्दाको पिडा त बिरामी र कुरुवालाई छदैछ । चाहिएकाे बेला बल्ड बैंकमै रगत अभाव हुने गरेकाेले थाेरै रगत अभावकै कारण कसैले अकालमा ज्यान गुमाउन नपराेस भनेर प्रगती महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले आफ्नो संस्थाबाट खुल्ला बृहत रक्तदान कार्यक्रमको आयोजना गरेकाे बताइन ।

भाइटिकाको दिन नोबेल मेडिकल शिक्षण अस्पताल बिराटनगरको आकस्मिक कक्षमा भर्ना भएको सप्तरीका एक जना विरामीकाे मलद्धारबाट अत्यधिक रक्तश्राव भएपछि विरमीका अाफन्तले रगत खाेज्न भनी बल्ड बैंक गए । नोबेलको बल्ड बैंकमा सो रगत नभएको कारण पटकपटक रगत उपलब्ध गराइदिनु भन्दै चौधरीले अनुरोध गरे । एक फार्मेसीको सहयोगमा गच्छदारले नेपाल रेड्क्रस सोसाइटी मोरङ शाखा बिराटनगरको देवकोटा चौकमा रगत लिन राती बिरामी कुरुवालाई आग्रह गरिन। रगत दिन नमानेपछि आक्स्मिक र दुर्घटना केस हो भन्दै एक पाउण्ड “ओ” पोजिटिभ रगत उपलब्ध भयो । एक पाउनड रगतकाे लागि यती सकस उठाउन परेकाले अाफ्नै क्षेत्र बाट रक्तदान कार्यक्रम गरी बल्ड बैंक लाइ सहयाेग गर्ने भनि प्रेरणा अाएपछि उनले साे कार्यक्रमकाे अायाेजना गरिन् । उनकाे याे समाजसेवी भावनाले गरिएकाे कामकाे सवैले तारिफ मात्र गरेनन् अागामी दिनहरूमा याे कार्यलाइ अगाडी बढाउन सक्दाे सहयाेग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…