भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण

भोजपुर / कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा १०० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नम्बर –१२ मा रहेको पर्यटन सूचना केन्द्रमा ४० र भोजपुर नगरपालिका– ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूटको क्वाटरमा ६०१ सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भोजपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना फष्ट रैफल गण भोजपुरको पहलमा तत्कालका लागि १०० क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । क्वारेन्टाइन स्थलमा विद्युत,खानेपानी लगायतका उपकरण जडान भइसकेको छ । जिल्लामा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…