भोजपुरको षडानन्द नगरपालिकामा बम विस्फोट

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा । शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी कुकुर बम विस्फोट भएको हो । शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छकुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताउनुभयो ।

विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शंकास्पद वस्तु पनि फेला परेकोले संकास्पद वस्तुको डिस्पोजको लागि संखुवासभा बाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ आउदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…