भाउन्ने आमतोला सडक कालोपत्रे गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

बेलबारी । मोरङको बेलबारी हुदै भारतको जोगवनी जोड्ने सडक कालोपत्रे गर्न माग गर्दे बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी सहितको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गराएका छन् ।

भौतिक पुर्वाधार मन्त्रालय गएर मुख्यमन्त्री राईलाई मेयर सहित वडाअध्यक्षहरु तथा नेकपाका स्थानिय नेताहरुले मुख्य मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले बेलबारीका ७,८र १० नम्बर हँुदै रंगेली जोडने सडक कालोपत्रे गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
बेलबारी नगरपालिकाको गौरवको आयोजना मध्ये उक्त सडक पनि एक हो ।

कृषि सडकका रुपमा समेत लिने गरिएको भाउन्ने आमतोला सडक खण्ड कालोपत्रे बन्दा कृषि उपजको ब्यापार भारत सम्म पुग्ने स्थानीयको भनाइ रहेको छ । उक्त सडक खण्ड बेलबारी खण्ड मात्रै १३ किलोमिटर रहेको छ । सडककमा खाल्डाखुल्डी तथा धुलोको कारण त्यस क्षेत्रका स्थानीयलाई समस्या पर्ने गरेको छ । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदिले भने गत बर्ष केहि सडकखण्ड पिच गर्नका लागि ठेक्का लगाए पनि ठेकेदारले काम नगर्दा थप समस्या भयो ।

गत बर्ष शाह श्रीकृष्ण जेवि इनरुवाले केहि सडकखण्ड कालोपत्रे गर्न ठेक्का मार्फत जिम्मा लिएपनि सम्झौता नै गर्न नआएपछि बजेट फ्रिज भएको थियो । चालु आवमा भने समयमै बजेटको ब्यबस्थापन गरेर टेन्डर लगाउने तयारीमा हामी जुटेका छौँ प्रमुख सुवेदीले भने । गत आवमा प्रदेश सरकारले समयमै बजेट उपलब्ध नगराउादा पुन ठेक्काको सुचना निकाल्न मिलेन् । सडक कालोपत्रे गर्न माग गर्दै पुगेको टोलीलाई मुख्यमन्त्री राईले छठपछि देखि उक्त सडकखण्डको कालोपत्रेका लागि प्रकृया अगाडि बढाउने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…