बेलबारीमा पनि निर्माण भयो सेल्फी पुल

बेलबारी / बेलबारी नगरपालिकाको वडा नं. ६ धैती खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ । आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उदघाटन गरेका हुन ।

मेयर सुवेदीले रिबन काटेर नवनिर्मित पुलमा आफै गाडी चलाएर पुलको उदघाटन गरेका हुन् । ५ लाख ९७ हजार ८ सय ९१ रुपैयामा निर्माण सम्पन्न पुलमा बेलबारी नगरपालिकाले रु.५ लाख ३० हजार सहयोग गरेको थियो भने ६७ हजार ८ सय ९१ बरबरको स्थानीयको जनसहभागिता रहेको थियो । पुल नहुदाँ ज्यानै जोखिममा पारेर हिडनु पथ्र्यो स्थानिय इन्द्रकुमार मगरले भने काठको पुल भत्किएरु हिड्न सकिदैन थियो ।

पुलको उद्घाटन गर्दै मेयर सुवेदीले दुर्गम वडाहरूलाई उच्च प्राथमिकता राखेको बताए । उनले पुर्वधार बिकास सगै आधारभुत तहका जनताका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गरीरहेको बताए । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतको लागि सहज भएको छ । पुल निर्माण भएपछि स्थानियले उत्त पुलको नाम सेल्फी पुल राखेका छन् । थोरै लगानीमा आकर्षीत पुल बनेपछि युवा युवतीहरु सेल्फी खिच्न आउने गरेकोले सेल्फी पुल नामाकरण गरीएको स्थानीय मनोज राईले बताए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…