बेलबारीमा एकैदिन थपिए एकै परिवारका ८ कोरोना संक्रमित

बेलबारी / मोरङको बेलबारीमा मंगलबार एकैदिन एकै परिवार भित्रका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माका अनुसार बेलबारी ८ का एकै परिवारभित्रका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ दिनअघि एक पुरुषमा कोरोना संक्रमण देखिएपछि कन्टयाक्ट ट्रेसिंग गर्दा ती पुरुषको परिवारमा ३ जना र उनको दाईको परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितहरुमा ५ जना महिला र ३ जना पुरुष रहेका छन । ८६,८२,७२,६५ बर्षसम्मका ब्यत्तिहरुलाई कोरोना संक्रमण भएपछि उनीहरुलाई बाहिर लान समस्या भएका कारण होम आइृशोलेसनमा राख्ने तयारी भईरहेको बिश्वकर्माले जानकारी दिए । यो सँगै बेलबारीमा कोरोना संक्रमितको संख्या ४६ जना पुगेको ५ भने २ जनाको मृत्यु भईसकेको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…