बेलबारीका ३२ मध्ये २० जनाले कोरोनालाई जिते

बेलबारी / बेलबारीमा अहिले सम्म ३२ जनामा कोरोना पोजेटिभ देखीएकोमा २० जनाले कोरोनालाई जित्न सफल भएका छन भने १ जनाको मृत्यु भएको छ ।

अन्य ११ जना संक्रमितको उपचार भइरहेको बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । पछिल्लो समय आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार आइसोलेसनमा बस्ने ७ जना, होलडिङ एरियामा बस्ने १२ जना तथा ४ जनाको कन्ट्रयाक टेसिङ गरीएको छ । बेलबारीको आइसोलेसनमा ७ जना रहेका छन भने होलडिङ एरियामा २६ जना रहेका छन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…