बेलबारीका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिदै

माेरङ / बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा निशूल्क रुपमा सेनेटरी प्याड वितरण गरिरहेको छ। बेलवारी नगरपालिकाकाे सामुदायिक विद्यालयका छात्राहरुकाे स्वास्थ्य तथा सुरक्षालाइ ख्याल राख्दै १ लाख ८ हजार पकेट अर्थात ८ लाख ६४ हजार पिस सेनिटरी प्याड वितरण गरिने भएको हाे । नगरपालिकाले कक्षा छ देखि कक्षा १२ सम्मका छात्राहरुलाई एक वर्षभरि प्रयोग गर्न पुग्ने गरि प्याड वितरण गरिएको बेलवारी नपा शिक्षा शाखा अधिकृत एलिना बस्नेतले बताइन्। नगरपालिका उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा गठित नगर स्तरीय सेनेटरी प्याड वितरण समितिले सम्बन्धित विद्यालयका प्रअ, शिक्षकहरु तथा विद्यालयका फोकल पर्सनलाई भेटेर उक्त सामग्री हस्तान्तरण गरेको हाे । यस अभियानले विद्यार्थीहरुलाई उत्साहित बनाएको कबिर मा.वि लालभित्तिका शिक्षक हरिमाया निरौलाले बताईन् ।

महिनावारी हुँदा मासिक श्रावका बेला शारीरिक पीडाकै कारण कतिपय बालिकाहरु विद्यालय जान सक्दैनन् त्यसमा पनि स्वस्थ्य र सुरक्षित प्याडको व्यवस्था नहुंदा समस्या भोगिरहेका छात्रहरुलाई यस कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बेलवारी नपा उपमेयर पराजुलीले बताइन । उनले शैक्षिक सुधारमा समेत सकारात्मक प्रभाव पर्ने हामीले महशुस गरेर प्याड वितरण गरेकाे उल्लेख गरिन ।

विद्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार एकजना छात्रा बराबर एक वर्षका लागि चौबीस प्याकेट प्याड विद्यालयलाई बुझाएकाे हाे । मासिक स्रावका समयमा कतिपय छात्राहरुलाई तीनचार दिनसम्म निरन्तर पीडा हुन्छ।एक त उनीहरु यस्तो समयमा आफ्ना कुराहरु खुलेर परिवार, समाज र शिक्षकहरुलाई राख्न सक्दैनन्।महिनावारी जस्तो संवेदनशील समयमा हुने असावधानी तथा अभावका कारण अहिले महिलाहरुमा विभिन्न संक्रमणहरु देखा परेकाे हुँदा यसबाट बच्न समयमै सचेत हुन समेत यो कार्यक्रम सहयोगी सावित हुने महिला अधिकारकर्मीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…