बेलबारीका राजकुमार लिम्बुलाई काँग्रेसमा केन्द्रिय बिभागको जिम्मेवारी

बेलबारी / नेपाली काँग्रेसले सोमबार बिभिन्न केन्द्रिय बिभागहरुमा जिम्मेवारी दिएकामध्ये बेलबारीबाट समेत दुईजना ब्यत्तिहरुले केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन ।

नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु र महाधिबेशन प्रतिनिधि यज्ञ ढकालले केन्द्रिय जिम्मेवारी पाएका हुन । लिम्बुलाई नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पदमा मनोनीत गरिएको छ भने ढकाललाई नेपाली कांग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय बिभागको सदस्य पदमा मनोनीत गरिएको छ ।

लिम्बु गत स्थानीय निर्बाचनमा बेलबारी नगरपालिकाको मेयरका प्रतयासी समेत हुन । लामो समयदेखि राजनीति,समाजसेवाका साथै बिगत १२ बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क प्राध्यापन समेत गरिरहेका छन भने ढकाल राजनीतिमा सक्रिय छन ।

यसैगरी बिभिन्न केन्द्रिय बिभागहरुमा मोरङबाट सुदन बहादुर कार्की, केदार अधिकारी, रामनारायण मण्डल, यज्ञ ढकाल, जनार्दन निरौला, बालकुमारी सिटौला, इन्द्रबहादुर मावोहाङ, राजेश गुप्ता, शुकदेव मण्डल, इन्दिरा अधिकारी, बुचाइ शेख, ललित अधिकारी, योगेन्द्र दास, अब्दुल खान, सोभितराज प्रसाईं, मनोज घिमिरे, राजकुमार लिम्बू, सुरेन्द्र बस्नेत र गिरिजा प्रसाद यादवले जिम्मेवारी पाएका छन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…