बालदिवसमा सहयोग नगर्ने मेयरलाई ५ रुपैयाँ पुरस्कार

राजविराज / मुलुकभर आईतबार विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाई रहँदा राजविराज नगरपालिकाका बालबालिकाले भने नगरपालिकाले बजेट नदिएको तथा कुनै कार्यक्रम नगरेको भन्दै ¥याली सहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय बालदिवस मनाउनका लागि नगरपालिकाले बजेट नछुटयाएपछि उनीहरुले नगरपालिका विरुद्घ चर्को नारावाजी गर्नुका साथै नगर प्रमुख शम्भु प्रसाद यादवलाई ज्ञापन पत्र सहित ५ रुपैया सहयोग समेत प्रदान गरेका छन् । स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्लाबाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख यादवलाई ज्ञापन पत्र सहित ५ रुपैया सहयोग समेत बुझाएका छन् । बालदिवस मनाउन नगरपालिकाले कुनै बजेट नछुटयाएकाले विरोध स्वरुप ५ रुपैया सहयोग गरेको बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपाल सप्तरीका सह संयोजक सौरभ यादवले बताए ।

उनले डेंगुरोग पनि अहिले भयावह रुपमा फैलिएपनि नगरपालिकाले नियन्त्रणका लागि पनि खासै पहल नगरेको आरोप पनि लगाए । बाल अधिकारको संरक्षण गर्न नगरपालिका सँग बजेट नभएकाले बालबालिकाबाट संकलित ५ रुपैया सहयोग गरेको उनको भनाई छ । जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष बरदान श्रेष्ठले राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाउन नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएको गुनासो पोखे ।
उनले नगरपालिकाका सामाजिक विकास अधिकृत एवम सूचना अधिकारी मनोज यादवलाई पटक पटक गुहारेपनि बजेट नभएको भन्दै पन्छिने गरेको सुनाए । नगर प्रमुख यादवले राष्ट्रिय बाल दिवस मनाउन सहयोगका लागी बाल संजाल तथा बालक्लवहरु आएको विषय बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै यस बारे सूचना अधिकारी यादवसँग जानकारी लिने बताए ।

उनले अगामी दिनमा राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउन बालबालिकाले आवश्यक बजेट छुटयाउने प्रतिबद्घता पनि व्यक्त गरे । यता बाल दिवस बालबालिकाका लागि महत्वपूर्ण दिन भएको तर राजविराज नगरपालिकाले यस दिवसलाई महत्व नदिएकोमा स्थानिय बुद्घिजिवीहरुले पनि कडा आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…