फिदिम नगरपालिकाले मजदुरलाई खानपिनको ब्यवस्था गर्ने

पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरहरुको तथ्याङक संकलन गर्देछ । दिनभरी ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरहरुको अभिलेख संकलन गरेर उनीहरुलाई खानपिनको ब्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताउनुभयो ।

विश्वभरी फैलिरहेको नोभिड १९ कोरोना भाईरसको कारण मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जोड्न समेत समस्या हुने भएकोले उनीहरु नगरपालिकाको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…