प्रदेश सांसद संग्रौलालाई कोरोना पुष्टि

सुन्दरहरैचा / नेपाली कांग्रेसका नेता तथा प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलालाई कोरोना पुष्टि भएको छ । असोज २८ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको जनाइएकाे छ । उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा हाल सम्म कुनै समस्या नदेखिएकाे बताएका छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…