पौडी खेल्दा डुबेर एक जनाकाे मृत्यु

झापा / झापामा पौडी खेल्दा डुबेर मृत्यु एक जनाकाे मृत्यु भएकाे छ । शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।

सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । बेपत्ता उनलाक्ष प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारकाे प्रहरी टोलीले बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…