पाथिभरा महिला समाजको अध्यक्षमा दाहाल

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० स्थित पाथिभरा स्वतन्त्र महिला समाजको चाैथाे बार्षिक साधारण सभाले कल्पना दाहालकाे अध्यक्षतामा नाै जानाकाे नयाँ कार्य समित चयन गरेकाे छ ।

स्थानीय गाेकुलम रिसाेर्टमा भएको साधारण सभाले समाजको उपाध्यक्षमा सुनिता पाेखरेल ढकाल , सचिव याेजना शर्मा ढकाल , सहसचिव जानुका थापा , कोषाध्यक्ष प्रमिला खड्का तथा सदस्यहरुमा विन्दा दाहाल , सन्जु रेग्मी , सावित्रा पाेखरेल तथा बिमला अधिकारी रहेका छन् ।

कार्यक्रममा पाथिभरा स्वतन्त्र महिला समाजकी निवर्तमान अध्यक्ष प्रमिला दुलालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । उनले आफ्नो प्रतिवेदनका क्रममा महिला दिदी बहिनीहरुको सहभागितामा सामाजिक काम गर्दै क्षमता विकासका लागी महिला समाजको स्थापना भएकोले यस समाजबाट बिभिन्न किसिमका सेवा मूलक कार्यक्रमहरु गर्ने गरिएको जानकारी गराईन । उनले आफ्नाे कार्यकालमा दु:खी महिला परिवारलाई सहयाेग , न्यानाे कपडा तथा फलफूल वितरण , काेभिड १९ काे महामारीमा खाद्यान्न सहयाेग , हावाहुरी पिडितलाई राहत, आगाे लागि पिडितलाई सहयाेग तथा बाढी पिडितलाई सहयाेग लगायतका कार्यक्रम गर्न सफल भएको बताइन् ।

महिला समाजकाे साधारण सभामा निवर्तमान अध्यक्ष प्रमिला दुलालले करिव २५ हजार मूल्य बराबरकाे अाँप , लिच्ची , कागती , ड्रागनफुड , अम्बा लगायतका २ सय १० वटा फलफुलका बिरुवा महिला समाज परिवारलाई मायाकाे चिनाे स्वरुप आफ्नाे निजि लगानीमा वितरण गरेकी थिइन् । यस कार्यबाट प्रभावित बनेर फलफूलका बिरुवा दिने दाताकाे प्रसङ्सा गर्दे निस्वार्थ रुपमा समाजसेवा गर्नु पर्दाे रहेछ भन्ने प्रेरणा समेत आफुहरुलाई प्राप्त भएको समाजका सदस्यहरुले बताएका छन् ।

कार्यक्रममा समाजकी कोषाध्यक्ष योजना शर्मा ढकालले आर्थीक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कार्यक्रममा पाथिभरा महिला समाजकाे कामलाई मन पराएर थप भएका नयाँ २२ जना महिला सदस्यहरु लाई अविर र खादा लगाएर स्वागत सम्मान गरिएको थियो । हाल यस समाजमा करिव १ सय ४० जाना महिला सदस्यहरु रहेका छन् । महिला समाजकाे साधारण सभाकाे कार्यक्रममा पिकनिक खाने कार्यक्रम समेत गरिएको थियाे । साे पिकनिककाे कार्यक्रममा आफ्ना दुःख पीडा भुलेर महिला दिदिबहिनीहरुले रमाइलो गरि नाचगान समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…