पाँचथर तुम्बेवाका युवक भक्तपुरमा मृत फेला

पाँचथर / पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ४ ओलनेका एक युवक भक्तपुरको नगरकोट स्थित बोजेनी पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ओलनेका विरेन्द्र साँवाका छोरा २५ वर्षिय योगेन्द्र साँवा रहेका छन् । सोमबार दिउँसो साढे २ बजे बेपत्ता भएका साँवाको शव मंगलबार पोखरीमा भेटिएको स्थानिय राजभक्त योङया मिधुङले जानकारी दिए ।

पौडी खेल्ने क्रममा उनको डुवेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानिय,प्रहरी तथा नेपाली सेनाको सहयोगमा साँवाको शव फेला पारिएको थियो । बुधबार के.एम.सी हष्पिटलमा पोष्टमार्टम गरी शवको दाहसंस्कार गरिने योङयाले बताए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…