धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान / विद्यालय स्तरबाटै चित्रकलाका विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिका अन्तर्गतको प्रज्ञा प्रतिष्ठानले चित्रकला मेला ०७६ को आयोजना गरेको छ । धरान ८ सभागृहमा भएको कार्यक्रमको उद्घाटनमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले क्यानवासमा चित्र कोरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपश्चात प्रदेश नं. १ मा रहेका दिग्गज चित्रकारहरुले यहा रहेका विद्यार्थीहरुलाई चित्र सिकाएर प्रदर्शन गर्ने कार्यक्रम रहेका कारण यो कार्यक्रम सार्थक र व्यवहारिक हुने बताउनुभयो । उहाले कला, साहित्य र संस्कृतिलाई जीवन्तता दिन धरा उपमहानगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउनुभयो । धरान उपमहानगरपालिकाले खेलकुद, कला, साहित्य लगायत शिक्षा क्षेत्रको गठन गर्न विभिन्न समिति गठन गरेको छ । यसै अन्तर्गत उपमहानगरपालिकाको प्रज्ञा प्रतिष्ठानले गत बर्ष अर्थात ०७५ सालदेखि लगातार चित्रकला प्रदर्शनीका आयोजना गर्दै आएको छ ।

आजबाट शुरु भएको मेला ६ गतेसम्म सञ्चालन हुने छ । आज र भोलि दुई धरान सभागृहमा प्राज्ञ चित्रकारहरुको सहयोगमा धरानका विभिन्न विद्यालयका ८० जना छात्र तथा छात्राहरुले चित्र कोर्नेछन् र असोज ५ र ६ गते धरान १२ अमान बजारमा विद्यार्थीहरुलेस कोरेका चित्र प्रदर्शनीमा राखिने भएको छ । धरान उपमहानगरपालिकाले प्रदेश नं. १ मै पहिलो पटक प्रज्ञा प्रतिष्ठान गठन गरेर यहा भएका कला, संस्कृति भाष र साहित्यको संरक्षण लागेको र आजको चित्रकला मेला पनि यसैको निरन्तता भएको चित्रकला मेलाका संयोजक गोपाल देवानले बताउनुभयो ।

पहिलो चित्रकला प्रदर्शनी प्रज्ञा प्रतिष्ठाने ०७५ असोज ६ गते धरानको घण्टाघरमा आयोजना गरेको थियो । चित्रकलामेलामा प्रदेश नं. १ का अग्रज चित्रकारहरुले विद्यार्थीहरुलाई सिकाउने छन् । सहभागी विद्यालयका विद्यार्थीमध्य उत्कृष्ट ५ जनालाई जनही ५ हजारले पुरस्कृत समेत गरिन भएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

तपाईको प्रतिक्रिया

Loading…