तेह्रथुममा बेवारिसे अवस्थामा सालनाल सहितको बच्चा फेला

तेह्रथुम । तेह्रथुममा बेवारिसे अवस्थामा सालनाल सहितको बच्चा फेला फरेकाे छ ।   तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा कालिपामा बेवारिसे अवस्था सालनाल सहितको बच्चा फेला परेको हाे । कालिपाको कच्ची बाटो स्थानीयहरूले आइतबार बिहान ७:३० मा बच्चा भेटेका थिए । बच्चा भेटिएको स्थानमा प्रहरी टोली पुगेको छ ।

बच्चा स्वास्थ्य सुरक्षाको लागि जिल्ला अस्पताल पाँचथरमा पठाउने तयारी भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले हाम्रोसवाललाई जानकारी दिनुभयो । बेवारिसे अवस्थामा बच्चा बाटो छाड्नेको खोज स्थानीय र प्रहरीले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…