जंगलमा निगुरो टिप्न जाँदा सुन्दरहरैचामा रुखले लागेर पुरुषको मृत्यु

बिराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा पर्ने जंगलमा रुखको हागाले लागेर एक पुरुषको ज्यान गएको छ । सुन्दरहरैचा ७ का ५२ का बर्षिय कालीबहादुर लिम्बुको मंगलबार मृत्यु भएको हो ।

जंगलमा निगुरो टिप्ने क्रममा रुखको हागा झरेर लाग्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…