छथरमा “गाउँपालिका अध्यक्ष एक टोल एक उत्पादन” कार्यक्रम

तेह्रथुम / नेपालीको मुख्य उत्पादन नै कृषि पेशा हो । उत्पादन प्रणालीका एकरुक्ता नुहँदा कृषकलाई बजारीकरणमा समस्याले झेलिन्दै आएको छ । कृषकले उत्पादन हुने सबैखाले कृषि उपज उत्पादन गर्दै आएका छन । कृषकको समस्यालाई समाधानका निम्ती सरोकारवाला बर्गले खासै चासो दिएको पाईन्दैन । तर तेह्रथुमको छथर गाउँपालिकाले भने“गाउँपालिका अध्यक्ष एकटोल एक उत्पादन” कार्यक्रम अघी सारेको छ ।

स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरण र बिक्री बितरणका लागी सहज बताउने उदेश्यका साथ गाउँपालिकाल कार्यक्रम ल्याएको जनाएको छ । तेह्रथुमको छथर गाउँपालिकाले गाउँपालिकाले कृषि सेवा केन्द्र मार्फत आबश्यक प्राबिधीकहरु ब्याबश्थापन गरी कार्ययोजनाको आधारमा कार्यक्रमलाई अगाडी लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । गाउँपालिकामा तरकारी ब्लग निमार्ण गरी प्रधानमन्त्री कृषी आधुनिकरीकरण कार्यक्रलाई निरन्तरता दिने अध्यक्ष तिगेलाले बताए ।

अकबरे खुर्सानी,कागती,सुन्तला तथा फलफुल पकेट कार्यक्रमलाई निरन्तरता दिँदै ब्याबसायिकरणमा जोड दिईने भएको छ । यहाँ उत्पादन भएको कृषि उपजलाई बजारीकरणमा सहज बनाउन कृषि हाट बजार र कृषि उपज संकलन केन्द्रको स्थापन गरीने गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए । स्थानीय स्तरमा कम्पोष्ट मल र गडेउले मलको उत्पादन गरी कृषकहरुलाई प्रोत्साहन गरीने भएको छ । कृषकलाई कृषी सेवा केन्द्र मार्फत अनुदानमा बितरण गर्दै आएको प्लाष्टिक टनेल र प्लाष्टिक पोखरी निरन्तरता दिईने भएको छ । कार्यक्रमका चालु आर्थीक बर्षका लागी ६० लाख रुपैयाँ बिनीयोजन गाउँपालिकाले गरेको छ ।

कृषिजन्य बस्तुलाई बजारीकरण गर्न गाउँपालिकाको केन्द्रमा मिनी कोल्डस्टोर निमार्ण गरीने भएको गाउँपालिकाले जनाएको छ । कोल्डस्टोर निमार्णका लागी प्रदेश सरकारबाट १ करोड श्रोत शुनिश्चीत भई सकेको गाउँपालिका अध्यक्ष तिगेलाले बताए । सुख्खग्रस्त क्षेत्रमा कृषि प्राबिधीकहरुलाई परिचाल गरी रिपोटको आधारमा कार्यक्रम तयारी गरीने भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…