चट्याङमा परी एक जनाको मृत्यु

तेर्हथुम / तेह्रथुमा चट्याङमा परी एक जनाको मृत्यु भएकाे छ । लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको हाे ।

बिहीबार तिनबजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेर्हथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…