ग्यासको आउडल्याडमा डुबेर बालिकाको मृत्यु

झापा / झापा अर्जुनधारा-४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको हाे ।

आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…