खाँडो नदीमा पाँच वर्ष बितीसक्दा समेत बनेन पक्की पुल

राजविराज / सप्तरीको खाँडो नदीमा पक्की पुस नबने पछि स्थानिय बासीलाइ दिनहुँ सास्ती भाेग्नु परेकाे छ । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित खाँडो नदीमा पक्की पुल निर्माण सुरु गरेको पाँच वर्ष वितिसक्दा पनि अझैसम्म पुल निर्माण कार्य पुरा हुन सकेको छैन् । समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा सास्तीपूर्ण बनेको छ ।

सप्तरी सदरमुकाम राजविराजलाई मुख्य भन्सार नाकासँग जोड्ने राजविराज–कुनौली सडकखण्डमा पर्ने खाँडो नदीमा पक्की पुल निर्माण गर्न वि.सं. २०७१ असार ३१ गते सम्झौता भएकाे थियाे । दुई वर्ष (०७३ असार ३० गते) मा निर्माण सम्पन्न गर्ने हस्ताक्षर गरेर साढे ५ करौड रुपैयाँमा ठेक्का पाएका काठमाण्डौ स्थित पप्पु÷मृत सञ्जीविनी जेयूले निर्माण कार्य सुरु गरे हाे । तर, निर्माण कार्य सुरु गरेको पाँच वर्ष वितिसक्दा पनि अझैसम्म पुल निर्माण कार्य पुरा हुन सकेको छैन् । निर्माण कम्पनीको लापरवाहीका कारण समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई राजविराजसम्मको यात्रा सास्तीपूर्ण बनेको हाे । स्थानीय राजेशकुमारका अनुसार पुल निर्माण थालिएको ५ वर्षबढी भईसक्दा पनि ४० प्रतिशत पनि कार्य भएको देखिदैन् ।’ पुल निर्माणमा ढिलासुस्ती त छ नै, त्यसमाथि निर्माण कम्पनीले सर्वसाधारणलाई आउजाउ गर्न आवश्यक डाईभर्सनको समेत व्यवस्था नगरदिँदा सवारी साधन वारी पारी नै राख्नुपर्ने बाध्यता रहेको उनले दुःखेसो पाेखे । ‘निर्माण कम्पनीले कम्तिमा पनि आउजाउ गर्न आवश्यक डाईभर्सनको व्यवस्था गर्नुपर्ने थियो’ उनले थपे–‘तर त्यस्तो गरेको छैन, अहिले सर्वसाधारण जसरी त्यसरी आउजाउ गरिरहेपनि कुनै समस्या आईलागे बस्तीसम्म गाडी पुग्ने अवस्था रहेको छैन् ।’

पुल निर्माणमा ढिलाई र निर्माण कम्पनीले सर्वसाधारणलाई आउजाउ गर्न आवश्यक डाईभर्सनको समेत व्यवस्था नगरदिदाँ नदी पारपार गर्न समस्या हुने गरेको छ । नदीमा बाढी आएको बेला झन बालबालिकालाई विद्यालय पुग्न कढिन हुने गरेको स्थानीयहरु बताउँछन् । स्थानीय दिवाकर झाका अनुसार नदीमा बाढी आएको बेला झन बालबालिकालाई विद्यालयसम्म पुग्न कढिन हुने गरेको बताए । ‘नदीमा बाढी आउँदा बालबालिकालाई विद्यालयसम्म जानसक्ने अवस्था रहदैन्, तैपनि कसैको ध्यान पुगेको छैन्’ उनले भने– ‘निर्माण कम्पनीको चरम लापर्वाही, त्यसमाथि सम्वन्धित निकायको मौनता ।’ उनले निर्माण कम्पनीको लापरबाही तथा सडक विभागसहित सरोकारवाला निकायको निरीहताप्रति आक्रोश समेत व्यक्त गरे ।

सर्वसाधारणहरुले निर्माण कम्पनीको लापरबाही तथा सडक विभागसहित सरोकारवाला निकायको निरीहता प्रति आक्रोश समेत व्यक्त गरेका छन् । उनीहरुले पुल निर्माण कार्यलाई तिव्र तथा छिटो काम सम्पन्न गराउनेतर्फ सम्वन्धित निकायले ध्यान पु¥याउनपर्नुे माग समेत गरेका छन् । पछिल्लो केही समय यता निर्माण कम्पनीले निर्माण कार्यमा तिव्रता दिइएपनि चाडवाड सुरु भएसँगै पुनः निर्माण कार्य ठप्प गरिएको छ भने निर्माण कम्पनी समेत सम्पर्क विहिन रहेको पाइएको छ । एता तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहका अनुसार पुल निर्माण कम्पनीलाई पत्रचार गरे सकेको र कानुनी कारबाही समेत गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…