कोरोना संक्रमणबाट बेलबारीमा १ जना पुरुषको मृत्यु,२२ जना संक्रमित

बेलबारी । कोरोना संक्रमणबाट मोरंगको बेलबारी २ का एकजना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । अन्दाजी ६२ बर्षिय ती पुरुष होम आईशोलेसनमा रहेका थिए ।

उनको मृत्यु भएको बिहान ५ बजे खबर प्राप्त भएको र उनको अन्तिम संस्कार स्थानीय ब्यबस्थापन वा नेपाली सेनाबाट गराउने भन्ने बिषयमा तयारीमा आफुहरु जुटेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन । यसैबिच बेलबारीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबार मात्र ५ जनाको एन्टिजोन परिक्षण गरिएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सोमबार बेलबारी वडा नम्बर ४ का दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । आईतबार मात्र १० जनाको एन्टिजोन परिक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै बेलबारी वडा नम्बर ४ र वडा नम्बर ३ मा संक्रमितको संख्या ५ । ५ गरी १० पुगेको छ । जना संक्रमित थप ४ जनाको पिसिआर परिक्षणका लागि पठाईएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन ।

बेलबारीमा तिब्र गतिमा कोरोना फैलिएको भन्दै सचेत रहन र सावधानी अपनाउन बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले नगरबासीहरुमा आग्रह समेत गरेका छन । बेलबारीमा पहिलो चरणमा ३ सय पिसिआर र ३ सय बढी आरडीटी गरिएकोमा २ सय ५० जना कोरोना पोजेटिभ देखिएका थिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…