कोरोना महामारीमा पनि नथाक्ने लिबरल सोसाइटी

इटहरी । कोरोना कहरमा पनि इटहरीको तरहरा स्थित लिबरल सोसाइटी सक्रिय रूपमा सामाजिक काममा सक्रिय बन्दै आएको छ । बि.स २०७५ सालमा स्थापना भएको यो संस्थाले छोटो समयमा नै उदाहरणिय काम गर्न सफल भएको छ । कोरोना महामारी अघि पनि सक्रिय रहेको सोसाइटी यो समयमा अझ सक्रिय भएको छ । संस्था स्थापना कालमा सरसफाइको काम सुरू गरेको थियो ।

इटहरीको तरहरा क्षेत्रमा सरसफाई एवं डस्बिन राख्ने लगायतका काम गरेको थियो । साथै जनाचेतना जगाउने र आफ्नो ठाँउ आफै सफा राख्नु पर्छ भन्ने सन्देश दिएको थियो । त्यसैगरी विभिन्न स्वास्थ्य शिविर संचालन गर्ने काम पनि सोसाइटीले गरेको छ । सोसाइटीले सधै रकारात्मक कुरामा जोड दिने गरेको संस्थाका अध्यक्ष सुबेक्छु देवान राईले बताए ।

महामारीमा झन सक्रिय लिबरल सोसाइटी

नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले चैत्र ११ बाट देशव्यापी लकडाउन गर्यो । त्यसपछि कोरोनाका कारण सामाजिक,आर्थिक रूपमा धेरै कुरा अस्तव्यस्त भए । सबै जसो मानिस घर भित्र बस्न बाध्य भए । यो अवस्थामा सिर्जना भएका बिभन्न समास्याको समाधान गर्न लिबरल सोसाइटी बाहिर निस्कियो ।
संक्रमण बढिरहेको साथै कोरोनाको डरले सबै घर भित्र नै सिमित भएको अवस्थामा यो संस्था भने बाहिर सक्रिय भयो ।

कोरोना कहरले मानिसका साथै जनावर समेत प्रभावित भएका थिए । विशेषत सडकमा रहेका कुकुरहरू यो समयमा भोकै भएका थिए । यो समस्यालाइ पनि लिबरल सोसाइटीले समाधानको प्रयास गर्यो । इटहरीका बिभिन्न स्थानका कुकुरलाई लिबरल सोसाइटीले खाद्यन्न वितरण गरेको थियो । जनताका लागि सरकारले राहत बितरण गरेपनि जनावरकालागि कतैबाट केहि सहयोग नभएको समयमा लिबरल सोसाइटीले जनवारलाइ समेत भोकै मर्न दिएन ।

यसका साथै लिबरल सोसाइटीले कोरोना महामारीमा महत्वपुर्ण काम गरेको छ । कोरोना संक्रमितलाइ हेला गर्ने र गाँउमा रोग ल्यायो भनेर फरक व्यवहार हुने समयमा सोसाइटीले कोरोना संक्रमितलाइ घर घरमा पुगेर भटेको थियो ।

कोरोना संक्रमितलाइ हेला होइन माया र सम्मान गर्ने पर्छ भन्दै संक्रमितको घरमा नै पुगेर हौसला दिने गरेको अध्यक्ष देवानले बताए । त्यसका साथै कोरोना संक्रमिलाइ बिभिन्न पौष्टिक तत्व समेत कोशेली लगिदिने गरको थियो । साथै संक्रमितलाइ चिकित्सको सल्लाह दिनेका काममा पनि सोसाइटीले सहजिकारण गरेको थियो । कोरोनाको जनचेतना बढाउने काममा सोसाइटीले महत्वपुृर्ण काम गरेको छ । बिभिन्न पार्चा पम्पले बनाए बिभिन्न स्थानमा राख्ने काम पनि गरेको थियो ।

को हुन संस्थाको नेतृत्व गर्ने सुवेक्छु देवान ?

साबिकको हाँसपोसा २, तरहरा हाल इटहरी २० मा २०४४ सालमा जन्मिएका सुबेक्छु देवान राई बिद्यार्थी जिवनदेखी नै राजनितिमा सक्रिय रहेका छन । अबको राजनीति इनोभेटिभ, कृएटिभ हुनु पर्नेमा मान्याता राख्छन । पछिल्लो समय समाजसेवा तथा राजनितिमा युवाको आकर्षण कम भएको प्रति चिन्तित बनेका छ्न । हिजोका पुस्ताहरूले क्रान्तिका राजनीति गरेको तर अबका पुस्ताहरूले राजनीति गर्नेहरूले देश बिकासका लागी आर्थिक संवृद्धिका लागी लागी पर्नुपर्ने बताए । राजनिती आर्थिक उपार्जनको माध्यम बनेकोमा आफु चिन्तित बनेको प्रती आफु चिन्नित बनेको राई बताउछन् । अबको यूवा राजनीति समाजसेवा तर्फ उन्मुख हुनुपर्ने सो का लागी आफु राजनीतिमा सकृय बनेको बताए ।

लिबरल सोसाइटीको अध्यक्ष समेत रहेका राई नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला उपाध्यक्ष समेत रहेका छन । विद्यार्थी राजनितिमा सक्रिय उनले मुलधारको राजनितिमा पनि आफ्नो राजनितिक प्रभाव पार्ने गरेका छन । उनको समाजसेवा र राजनैतिका कुसलता देखेर स्थानियले समेत प्रसंशा गर्ने गरेका छन ।

       

 

तपाईको प्रतिक्रिया

mgid

Loading…