कर्मचारीमा काेराेना देखिएपछि इटहरी उपमहानगर र वडा कार्यालय बन्द

इटहरी / कर्मचारीहरुमा काेराेना संक्रमण देखिए पछि इटहरी उपमहानगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरु केही दिन बन्द हुने भएको छ । उपमहानगरले एक सुचना जारी गर्दै भोलि १६ गतेदेखि १८ गतेसम्म इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरु बन्द हुने जानकारी दिएकाे छ ।

संक्रमितकाे सम्पर्कमा आएका कर्मचारी र सेवाग्राहीकाे कन्ट्रयाक ट्रेसिङ गर्नु पर्ने भएकाले सेवा बन्द गर्नु परेकाे उपमहानगरले बताएकाे छ । इटहरीमा पछिल्लाे दुइ दिनमा काेराेनाबाट ३ जनाकाे मृत्यु भएकाे छ । भने दैनिक रूपमा संक्रमितहरू बढिरहेका छन् ।

साथै इटहरी अस्पतालले समेत १६ गते बाट तीन दिन सेवा बन्द गरेकाे छ । केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा काेराेना संक्रमण देखिएकाे र केहिमा काेराेना सँग मिल्ने लक्षण देखिएकाले सेवा प्रबाह गर्दा संक्रमण बढ्नसक्ने भएकाले १८ गते सम्म अत्यावश्यक बाहेका सेवा बन्द गरिएकाे अस्पतालले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…