कर्मचारीको चुनावमा सुनसरीमा ओली पक्षको क्लिन स्विप !

इनरुवा / नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निमाजती कर्मचारी संगठन आवद्ध निर्वाचन प्रकृयामा ओली पक्षधर समूहले क्लिन स्विप गरेको छ । प्राप्त मत परिणाम अनुसार ओली पक्षले प्यानल सहित स्पष्ट जित निकाल्दै परिणाम क्लिन स्विप गरेको हो ।

केन्द्रीय राजनीतिमा गुटगत देखिएको अवस्थाबाट सुनसरीमा सम्पन्न निजामती कर्मचारीको निर्वाचन प्रकृया समेत अछुतो रहन सकेन् । उक्त चुनावमा समेत स्पष्ट दुई खेमा देखिएको थियो ।
कर्मचारीहरु संगठनको आधिकारिक संस्थाका रुपमा खोलिएको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड मार्फत चुनावी मैदानमा होमिएका थिए । चुनावी प्रकृयामा ओली र माधव–प्रचण्ड गरी स्पष्ट दुई खेमा देखिएको थियो । जसलाई जिल्ला स्थित नेकपाका गुटगत नेताहरुले समेत चासोका रुपमा लिएका थिए ।

निर्वाचनमा ओली पक्षबाट अध्यक्षमा लेखनाथ पौडेल र माधव–प्रचण्ड पक्षबाट हिमाल श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको थियो । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा लेखनाथ पौडेल विजयी बनेका छन् । उनले ४ सय ५१ मत ल्याई जित हात पार्दा हिमाल श्रेष्ठ भने २ सय ५७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा कुष्णकुमार नेपालले ४ सय ६२ मत ल्याएर जितेका छन् । पराजित यादव भण्डारीले २ सय १५ मत पाएका छन् । सचिवमा कुमार न्यौपानेले जित हात पारेका छन् । उनले ४ सय ५५ मत पाउँदा उमेश गौतमले भने २ सय २५ मत प्राप्त गरेका छन् ।

यस्तै कोषाध्यक्षमा समेत ओली पक्षले जितेको छ । मोहन सुवेदीले ४ सय ६४ मत ल्याउँदा निलकमल निरौलाले २ सय १६ मत ल्याएका छन् । निर्वाचन समितिका संयोजक गोविन्द पोखरेलका अनुसार सदस्य तर्फ समेत ओली पक्षले सबै स्थान जितेको छ । खुला सदस्य तर्फ केशव कुमार श्रेष्ठ, कुलमणि बराल, रामदेव साह र परेश कुमार कर्णले जित हात पारेका छन् । यस्तै महिला सदस्य तर्फ मेनुका भण्डारी, तिलोत्तमा दाहाल र कोपिला कार्कीले जितेका छन् ।

लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा ओली पक्षकै भोजराज खनाल बिजयी हुँदा मणिराज पोखरेल पराजित भएका छन् । महिला सदस्यमा जानुका खनालले जित हात पार्दा लेखा तर्फको खुला सदस्यमा भने राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । निर्विरोध भएका श्रेष्ठ मात्रै ओली बाहिरका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…