उदयपुरमा सालकको खपटा सहित १ जना पक्राउ

उदयपुर / उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–११ पिपल चोक गाईघाटबाट दुर्लभ वन्यजन्तु सालकको खपटा सहित १ जना विहिबार दिउँसो ३ः३० बजे पक्राउ परेका छ । त्रियुगा नगरपालिका–१४ का ४१ बर्षीय पहलमान कट्वाल सालकको खपटा सहित पक्राउ परेको हो ।

उनको साथबाट ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटा बरामद गरेको प्रहरीले जानकारी दिए । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा सालकको खबटा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने कट्वाल आफै अटो चालक हुन् । प्रहरीका अनुसार कट्वाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय गाईघाटलाई बुझाईएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…