उत्कृष्ठ कृषकहरुलाई पावर टिलर वितरण

इटहरी / इटहरी उपमहानगरपालिकाले कृषक तथा कृषि समूहलाई पावर टिलर वितरण गरेको छ । तीन वटा कृषि सहकारी संस्था र छ वटा उत्कृष्ठ कृषि फम संचालन गरेका कृषकहरुलाई उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले पावरटिलर हस्तान्तरण गरेका हुन् ।

उपमहानगरको ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । तीन वटा कृषि सहकारी संस्थालाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो । सो पावरटिलरले जोत्नका साथै धान गहुँ काटन समेत मिल्छ । सिद्धार्थ कृषि सहकारी इटहरी १२,सनेस कृषि सहकारी इटहरी १८ र अग्रणी कृषि सहकारी इटहरी १४ लाई रिपरहेड सहितको पावर टिलर वितरण गरिएको हो ।

उत्कृष्ठ कृषि फम संचालन गरेका कृषकहरु लाल वहादुर श्रेष्ठ,अनुराधा कुमारी राउत, विक्रम कुमार चौधरी, खेमराज पोखरेल, पुरनलाल चौधरी र गंगा ध्वज राईलाई पावर टिलर वितरण गरियो ।

तपाईको प्रतिक्रिया

mgid

Loading…