इनरुवा नगरपालिकाले नगरवासीको हकमा कोरोना परिक्षण गराउने

इनरुवा / इनरुवा नगरपालिकाको कार्यालयले नगरवासीको हकमा कोरोना परिक्षणको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार कोरोना परिक्षणको लागि स्वाब संकलनको व्यवस्था मिलाउने तयारी थालिएको छ ।

दिनानुदिन बढ्दो जोखिमलाई मध्यनजर गर्दै संक्रमणको अवस्था पत्ता लगाउन स्वाब संकलन गरि परिक्षणको व्यवस्था मिलाउन लागिएको नगर प्रमुख राजन मेहताले बताउनु भयो । मेहताले दोस्रो लहरसँगै कोरोना परिक्षणको सवालमा नगरवासीले झैल्दै आउनु परेको समस्या र असहजतालाई महसुस गरी कोरोना परिक्षणको व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

मेहताले पीसीआर वा एन्टिजेन मध्ये उपलब्धताको आधारमा परिक्षण गरिने बताउनु भयो । वहाँले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई समेत संगसंगै अघि बढाउन लागिएको जानकारी दिनुभयो ।
नगर प्रमुख मेहताले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति र फ्रन्ट लाइनरहरुलाई पहिलो प्राथमिकतामा राखिने बताउनु भएको छ ।

मेहताले पहिलो चरणमा स्याम्पल कलेक्सनका रुपमा स्वाव संकलन गरि परिक्षण गरिन लागेको बताउनु भयो । मेहताका अनुसार बजार क्षेत्र सहित बढी भिडभाड हुने स्थान आसपासका साथै सबै वडा समेटिने गरी पीसीआर परिक्षण गरिने छ । यसैबिच नगरपालिकाले इनरुवा अस्पतालमा कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अस्पतालमा अक्सिजन र भेन्टिलेटर सहितको २० वेडको कोभिड अस्पताल संचालन गर्न लागिएको छ । केहि दिन भित्रै कोभिड अस्पताल संचालनमा आउने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…